कालिका पावर कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत
काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कालिका पावर कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । स्टकका अनुसार कम्पनीको १५ प्रतिशत बोनसबापतको नौ लाख कित्ता सेयर सूचीकृत भएको हो।
कम्पनीको गत ३० पुसमा सम्पन्न भएको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। सोहि प्रस्तावित लाभांश नेप्सेमा सूचिकृत भएको हो।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment