कोउन्डेले गरे बार्सिलोनासंग पाँच वर्षको सम्झौता
काठमाडौं। फ्रान्सका रक्षक जुलेस कोउन्डेलाई स्पेनिस क्लब बार्सिलोनाले पाँच वर्षका लागि अनुबन्ध गरेको छ। कोउन्डेले फ्रान्सका लागि ११ क्याप जितेका छन्। उनी ट्रान्सफर फ्री मा ५० मिलियन युरोमा सेभियाबाट क्याटलान क्लब आउने पक्का भएका हुन्।
२३ वर्षीय कोउन्डेले सेभियाका लागि १३३ खेल खेलेका छन्। २०१९ मा सेभियाले युरोपा लिग उपाधी जित्दा कोउन्डे टोलीका सदस्य थिए। कोउन्डेलाई यश अघि इंग्लिस क्लब चेल्सीले पाँच वर्षको लागि सम्झौता गर्न तयारी गरेको थियो । बार्सिलोनाले आधिकारिक रुपमा कोउन्डेलाई सोमबार सार्वजनिक गर्ने बताइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment