सिटीलाई हराउँदै लिभरपुललाई कम्युनिटी शिल्डको उपाधि

डिसी नेपाल
१५ साउन २०७९ १०:०२
88
Shares

काठमाडौं। म्यानचेस्टर सिटीलाई ३-१ गोल अन्तरले हराउँदै शनिबार राति लिभरपुलले कम्युनिटी शिल्डको उपाधि जितेको छ। लेस्टरमा भएको खेलमा लिभरपुललाई जित दिलाउन ट्रेण्ड एलेक्सान्डर आर्नोल्ड, मोहमद सलाह र डार्विन नुनेजले एक एक गोल गरे।

सिटीका लागि जुलियन अल्भारेजले सान्त्वना गोल गरे। खेलमा लिभरपुलले अग्रता लिएको थियो । पहिलो हाफमा १-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप दुई गोल गर्‍याे।

गत सिजन सिटीले प्रिमियर लिगको उपाधि जितेको थियो भने लिभरपुलले एफए कप जितेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *