बालकुमारीमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
काठमाडौँ। ललितपुरको बालकुमारीमा गएराती भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ।
कोटेश्वरबाट ग्वार्कोतर्फ जाँदै गरेको नम्बर नखुलेको जिपले सोही दिशातर्फ जाँदै गरेको बा ९७ प ३१४३ नम्बरको मोटरसाइकललाई गएराती १० बजे ठक्कर दिएको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक काठमाडौंको दक्षिणकाली नगरपालिका– ८ का ३१ वर्षीय आषिश लामाको उपचारका क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा राती ११ बजे मृत्यु भएको हो।
मोटरसाइकललाई ठक्कर दिएर जिप सहित फरार भएका चालकको खोजी भइरहेको प्रहरी प्रभाग इमाडोलले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment