महिला साफ: च्यासललाई अभ्यास मैदान बनाउने
काठमाडौं। घरेलु मैदानमा आयोजना हुने महिला साफ च्याम्पियनसिप फुटबल मार्फत च्यासल मैदान प्रयोगमा आउने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले महिला साफ च्याम्पियनसिपबाट नव निर्मित च्यासल मैदान संचालनमा ल्याउन लागेको हो।
यसअघि एन्फाले सहिद स्मारक ए डिभिजन लिग २०७८ आयोजना गर्ने तयारी गरेपनी चेन्जिङ रूम र गोलपोस्ट तयार नभएपछी खेल हुन सकेको थिएन। यस्तै, एन्फाले दोस्रो अभ्यास मैदानको रुपमा आर्मीको भद्रकालीलाई प्प्रयोग गर्नेछ।
महिला साफ लगातार दोस्रो पटक नेपालमै हुँदैछ। दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले शनिबार समूह विभाजन गरेको समूह बी मा नेपाल सहित श्रीलंका र भुटान छन्।
यस्तै, समूह ‘ए’ मा साविक विजेता भारत, माल्दिभ्स, बंगलादेश र पाकिस्तान छन्। २१ भदौदेखि १३ असोजसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा सात देशको सहभागीता रहनेछ।
साफ च्याम्पियनसिपका लागि मुख्य प्रशिक्षक कुमार थापाले ५८ महिला खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment