फ्लोरिडामा गोली चल्यो, ७ जना घाइते
न्युयोर्क। फ्लोरिडाको डाउनटाउन ओर्लान्डोमा भएको सामूहिक गोलीकाण्डमा ७ जना घाइते भएका छन्। घाइते सबैलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ। आक्रमणकारी अझै फरार छन्।
स्थानीय समयअनुसार आइतबार बिहान २ बजे उक्त गोलीकाण्ड भएको ओरलान्डो प्रहरी प्रमुख इरिक डी स्मिथले जनाएका छन्। एक अज्ञात आक्रमणकारीले एउटा हाते बन्दुक निकालेर भीडमा गोली हानेका थिए। आक्रमणमा सात जना घाइते भएका सीएनएनले जनाएको छ।
आक्रमणकारीबारे प्रहरीले थप केही जानकारी दिएको छैन्। गैरसरकारी सस्था गन भ्वायलेन्स अर्काइभका अनुसार यो वर्ष कम्तीमा ३८१ जना घाइते भएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment