रुसी आक्रमणमा युक्रेनका ठूला व्यापारीको श्रीमतीसहित मृत्यु
काठमाडौं । युक्रेनका धनी व्यापारी ओलेक्सी भाडाटुर्स्की (७४) र उनकी श्रीमती राइसाको रुसी मिसाइल आक्रमणमा मृत्यु भएको छ । युक्रेनी अधिकारीहरुका अनुसार यो घटना दक्षिणी सहर माइकोलाइभमा रुसी बमबारीका कारण भएको हो ।
ओलेक्सी भाडाटुर्स्की अन्न निर्यात कम्पनी निबुलोनको मालिक थिए। उनलाई ‘हिरो अफ युक्रेन’ सम्मानबाट पनि सम्मानित गरिएको थियो । फोर्ब्सका अनुसार २०२० मा उनको कुल सम्पत्ति ४५० मिलियन डलर थियो। युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भाडाटुर्स्कीको मृत्युलाई देशको लागि ठूलो क्षति भनेका छन्।
माइकोलाइभका मेयर अलेक्ज्याण्डर सेन्केभिचले आफ्नो सहरमा सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो रुसी बम विस्फोट भएको बताएका छन्। यसले सहरमा ठूलो क्षति पुर्याएको छ ।
माइकोलाइभ शहर ओडेसाको केहि किलोमिटर उत्तरमा स्थित छ । यो सहरछेउ कालो सागरमा देशको सबै भन्दा ठूलो बन्दरगाह छ । फेब्रुअरीमा युक्रेनमा रुसले आक्रमण गरेपछि ओडेसामा लगातार बमबारी भइरहेको छ।
यस क्षेत्रका नेता भिटाली किमले देशको कृषि र जहाज निर्माण उद्योगसँगै यस क्षेत्रको विकासमा भाडाटुर्स्कीले अमूल्य योगदान दिएको बताए। यसैबीच, राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीको कार्यालयले आफ्नो विचारमा रुसले जानाजानी भाडाटुर्स्कीलाई निशाना बनाएको बताएको छ।
राष्ट्रपतिका सल्लाहकार मिखाइलो पोडोलियाकले भने कि केही मिसाइलहरूले भाडाटुर्स्कीको शयनकक्षलाई निशाना बनाएका थिए, यी क्षेप्यास्त्रहरू निर्देशित थिए भन्ने कुरामा कुनै शंका छैन। भाडाटुर्स्कीको कम्पनी, निबुलोन अन्नको निर्यात को लागी देशमा धेरै गोदामहरु र अन्य पूर्वाधार निर्माण गर्यो।
रसिया र युक्रेन खाद्यान्न निर्यातको हिसाबले विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता हुन् तर यी दुई देशबीचको युद्धका कारण विश्वभर खाद्यान्न र पेय पदार्थको मूल्य उल्लेख्य वृद्धि भएको छ ।
टर्कीमा गत हप्ता संयुक्त राष्ट्र मार्फत यी दुई देशहरूले बजारमा मूल्य घटाउने उद्देश्यले एक सम्झौतामा हस्ताक्षर गरे। तर त्यसपछि ओडेसा बन्दरगाहमा रुसको बमबारीले यो सम्झौतालाई झन्डै ध्वस्त पारेको छ ।
यसबाहेक सुरक्षा जाँचका कारण निकासी सुरु हुन ढिलाइ भएको छ । तर टर्कीले आइतवार भने कि पहिलो अन्न जहाज सोमबार युक्रेनको ओडेसा बन्दरगाहबाट छोड्न सक्छ।







डिसी नेपाल







Facebook Comment