झिनो अंकले बढ्यो नेप्से परिसूचक, साढे ४ अर्वभन्दा माथिको कारोबार
काठमाडौं। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार झिनो अंकले बढेको छ। आज नेप्से १.१५ अंकले बढेर २ हजार १९६.२५ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१७ कम्पनीको १ करोड ५ लाख १८ हजार ७१२ कित्ता सेयर खरिद बिक्री हुँदा ४ अर्ब ६७ करोड ७ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज ३८ करोड ३१ लाखभन्दा बढीको कारोबार भएको छ।
सोमबारको कारोबारमा १३ वटै उपसुचकमध्ये ५ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा बुटवल पावर र सिटिजन म्युचुअल फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। भने, स्वाभिमान लघुवित्त र स्टाण्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताहरूले सर्वाधिक गुमाएका छन्।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment