भागेका पूर्वराष्ट्रपति गोटाबाया श्रीलंकाबाट फर्किउन् भन्ने किन चाहँदैनन् श्रीलंकाका राष्ट्रपति विक्रमासिंघे ?

डिसी नेपाल
१६ साउन २०७९ १५:४०
592
Shares

काठमाडौं । श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरबाट फर्किने अनुमान र हल्लाका बीच वर्तमान राष्ट्रपति रानिल विक्रमासिङ्घेले ठूलो बयान दिएका छन् । उनले अहिले गोटाबाया सिंगापुरबाट फर्कन नचाहेको बताएका छन् । यसको कारण पनि उनले दिएका छन् । उनले यतिबेला गोटाबाया सिंगापुरबाट फर्किए राजनीतिक तनाव थपिने बताएका छन् । त्यसैले पनि गोटाबाया यतिबेला घर फर्किन चाहँदैनन् ।

अमेरिकी पत्रिकालाई दिएको अन्तर्वार्तामा उनले यस्तो बताएका हुन् । राष्ट्रपति रनिल विक्रमासिङ्घेले पनि यस अन्तर्वार्तामा गोटाबाया छिट्टै स्वदेश फर्किने कुनै जानकारी नभएको बताए । श्रीलंकाको दुर्दशा विरुद्ध जनआक्रोशको डरले गोटाबाया जुलाई १३ मा देश छाडेर माल्दिभ्स भागेका थिए । यसपछि जुलाई १४ मा उनी साउदी एयरलाइन्सको विमानमा सिंगापुर भागेका थिए, जहाँ उनलाई छोटो अवधिको भिसा दिइएको थियो । यो भिसा उनको व्यक्तिगत भ्रमणको एक भागको रूपमा दिइएको थियो। तर, यो भिसाको म्याद पनि केही समयअघि नै सकिएको थियो । यसपछि सिंगापुर मिडियाले उनको भिसा केही समयका लागि थपिएको बताएको थियो । तर पुष्टी हुन सकेको छैन ।

यसैबीच गत साता पनि उनी स्वदेश फर्किने हल्ला चलेको थियो । गोटाबायाले सिङ्गापुरबाटै आफ्नो पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिङ्घेलाई राष्ट्रपति बनाएका थिए । रनिल गोटाबायासँग निरन्तर सम्पर्कमा रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच, देशको कमजोर आर्थिक अवस्था सुधार गर्न, श्रीलंकाले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग बेलआउट प्याकेजको माग गरिरहेको छ।

अप्रिल २०२२ मा श्रीलंकाले १२ अर्ब डलरको विदेशी ऋण तिर्न असमर्थता व्यक्त गरेको थियो । त्यसैगरी सन् २०२५ को अन्त्यसम्ममा उनले २१ अर्ब डलर तिर्नुपर्नेछ । रानिलले आईएमएफबाट ऋण लिन सक्ने र त्यसपछि देशको आर्थिक अवस्था पनि सुधार हुने विश्वास व्यक्त गरेका छन् । रनिलले अर्को वर्षसम्म श्रीलंकाले तेल, खाद्यान्न र मल किन्नका लागि अन्य विकल्पहरू अन्तर्गत ३ अर्ब डलर पाउने आशा पनि राखेका छन्।

यसैबीच उनको विरोधमा देशव्यापी प्रदर्शन भइरहेको छ । आन्दोलनकारीले उनको राजीनामाको माग गर्दै आएका छन् । यसको जवाफमा उनले आफ्नो घर जलेको बताएका छन्, र सोधेका छन् – अब कहाँ जाने ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *