अमेरिकी डलरको भाउ घट्यो, यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर

डिसी नेपाल
१७ साउन २०७९ ८:३८
732
Shares

काठमाडौँ। मंगलबार अमेरिकी डलरको भाउ घटेको छ। नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गर्दै अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ १४ पैसा र बिक्री दर १२७ रुपैयाँ ७४ पैसा कायम गरेको छ। सोमबार अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ५१ पैसा र बिक्री दर १२७ रुपैयाँ ११ पैसा कायम गरेको थियो।

युरोपियन यूरो एकको खरिद दर १२९ रुपैयाँ ४१ पैसा र बिक्री दर १३० रुपैयाँ ०२ पैसा छ। यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५४ रुपैयाँ ५२ पैसा र बिक्री दर १५५ रुपैयाँ २६ पैसा छ। स्वीस फ्रेङ्क एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ८८ पैसा र बिक्री दर ८९ रुपैयाँ ३० पैसा छ। क्यानेडियन डलर एकको खरिद दर ९८ रुपैयाँ ७९ पैसा रहेको छ भने बिक्री दर ९९ रुपैयाँ २६ पैसा छ।

जापानी येन १० को खरिद दर नेपाली ९ रुपैयाँ ५५ पैसा र बिक्री दर ९ रुपैयाँ ६० पेसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६८ पैसा र बिक्री दर १८ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

साउदी अरबियन रियाल एकको खरिर दर ३३ रुपैयाँ ५९ पैसा र बिक्री दर ३४ रुपैयाँ ७५ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३४ रुपैयाँ ५१ पैसा र बिक्री दर ३४ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ४६ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ६९ पैसा र बिक्री दर ९ रुपैयाँ ७३ पैसा कायम भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.