अमेरिकाको केन्टुकीमा बाढी, ३७ जनाको मृत्यु

डिसी नेपाल
१७ साउन २०७९ ११:४४
232
Shares

केन्टुकी। अमेरिकाको केन्टुकी राज्यमा बाढी पहिरोमा परी ज्यान गुमाउनेको संख्या ३७ पुगेको छ। बाढीमा हराइरहेका मानिसहरूको खोजी भइरहेको छ । बाढीको पानीले पुलहरू र डुबानमा परेका केही गाउँ बगाएको छ।

बाढीबाट मृत्यु हुनेको संख्या ३७ पुगेको केन्टुकीका गर्भनर एन्डी विसियरले पुष्टि गरेका छन्। बाढीमा अझै केही हराइरहकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

बाढीका कारण १२ हजारभन्दा बढी मानिस विद्युतविहीन भएका छन् भने कम्तीमा ३०० जना विभिन्न आश्रयमा बसेका सीबीएस न्युजले जनाएको छ। बाढीले राजमार्ग बगाउनुका साथै पुल भत्काएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *