आफ्नी श्रीमतीलाई ब्ल्याकमेल गर्ने प्रहरी जवानको श्रीमानले, नाक, कान र ओठ काटिदिए

डिसी नेपाल
१७ साउन २०७९ १४:४२

काठमाडौं । पाकिस्तानको पञ्जाब प्रान्तको झाङ जिल्लामा एक विवाहित महिलाको अश्लील भिडियो बनाएर गाउँभर शेयर गरेको भन्दै एक प्रहरीलाई यातना दिइयो र उनको नाक, कान र ओठ काटियो । घाइते प्रहरी जवानलाई सिभिल अस्पताल झाङमा भर्ना गरिएकोमा उनको अवस्था खतरामुक्त रहेको र उनलाई १३ भन्दा बढी चोट लागेको मेडिकल अधिकृतले पुष्टि गरेका छन् ।

झाङका जिल्ला प्रहरी अधिकृत रसिद हिदायतले बीबीसी उर्दूसँग कुरा गर्दै प्रहरी जवानलाई यातना दिने बाबु छोरासहित तीनजनालाई पक्राउ गरिएको बताए । डीपीओका अनुसार प्रहरी जवानमाथि महिलाको अश्लील भिडियो बनाएर सेयर गरेको आरोप लागेको छ, जसको आधारमा प्रहरी जवानमाथि मुद्दा दर्ता गरी निलम्बन गरी अनुसन्धान जारी छ ।

पञ्जाबको झाङ जिल्लाको सहज्वल गाउँमा ती पुलिसकर्मीले कथित रूपमा एउटी महिलालाई भेट्न बोलाएका थिए र नभेटेमा महिलाको छोरालाई मार्ने धम्की दिएका थिए । कथित रुपमा महिलाको उनीसँग सम्बन्ध थियो । एफआइआरका अनुसार जब महिलाले प्रहरीलाई भेटिन् उनले जबरजस्ती महिलाको नग्न भिडियो बनाए र पछि त्यही भिडियोको आधारमा महिलालाई ब्ल्याकमेल गरे पैसा मागे।

एफआईआरका अनुसार भिडियो भाइरल बनाउने धम्कीपछि उनलाई पैसा दिन महिलाले पहिले आफ्नो गहना १ लाखमा बेचिन् र त्यसपछि १.५ लाखमा भैंसी बेचिन् । तर, बारम्बार पैसा लिएर पनि प्रहरीले पिछा नछाडेपछि महिला दिक्क भइन् र थप पैसा दिइनन् । एफआइआरका अनुसार अभियुक्तले विशेष गरी उक्त भिडियो क्लिप महिलाका सबै आफन्तहरूलाई पठाएका थिए, जसमा अधिकांश आफन्तहरूले महिला र उनको परिवारसँग यस विषयमा सोधपुछ गरे।

भिडियो क्लिप भाइरल भएपछि महिलाका छोराले स्थानीय पुलिस स्टेशनमा दिएको उजुरीका आधारमा उनीविरुद्ध पाकिस्तान दण्ड संहिताको धारा ३५४, ३८४ र २९२ अन्तर्गत मुद्दा दर्ता गरेको थियो, तर प्रहरीले आरोपीलाई पक्राउ गर्न सकेन । प्रहरी प्रवक्ताले अभियुक्तले पक्राउ गर्नुअघि अदालतबाट अन्तरिम धरौटी लिएको र अश्लील भिडियो बनाएर शेयर गरेको विषयमा अनुसन्धान भइरहेको बताए ।

प्रहरी जवान कासिम हयात विरुद्ध मुद्दा दर्ता भए पनि महिलाका श्रीमान् र छोराहरूले कानून हातमा लिए । एफआईआरका अनुसार उनको दुवै कान, ओठ र नाक काटिएको थियो, खुट्टामा पनि चक्कुले प्रहार गरिएको थियो जसका कारण उनी बेहोस भए, त्यसपछि उद्धारकर्तालाई खबर गरिएको थियो, जसले उनलाई अस्पताल पुर्‍याए।

प्रहरी जवानलाई घाइते बनाएको भन्दै प्रहरीले महिलाका श्रीमान् छोरासहित १० जना नाम पहिचान भएका र दुई अपरिचित अभियुक्तविरुद्ध मुद्दा दर्ता गरेको छ । घटनामा संलग्न महिलाका श्रीमान, छोरा र एक सहयोगीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी अधिकृत रसिद हिदायतले जानकारी दिए भने अन्य अभियुक्तलाई पक्राउ गर्न छापा मारिरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *