२.७६ अंकले घट्यो नेप्से परिसूचक, तीन कम्पनीको मूल्यमा सकारात्मक सर्किट
काठमाडौं। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज नेप्से २.७६ अंकले घटेर २ हजार १९३.४८ विन्दुमा पुगेको हो।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २१७ कम्पनीको ७८ लाख १३ हजार १०२ कित्ता सेयर खरिद बिक्री हुँदा ३ अर्ब २९ करोड ३२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज २९ करोड ३२ लाखभन्दा बढीको कारोबार भएको छ।
मंगलबारको कारोबारमा १३ वटै उपसुचकमध्ये ७ उपसुचक बढेको छ भने बाँकी सबै उपसुचक घटेको छ। आजको कारोबारमा तीन कम्पनीका लगानीकर्ताले अत्यधिक कमाएका छन्। बिन्ध्यबासिनी हाइड्रोपावरको सेयर भाउ ९.९९ प्रतिशत, समलिंग पावरको सेयर भाउ ९.९८ प्रतिशत र हिमालयन दोलखा हाइड्रोपावरको सेयर भाउ ९.९७ प्रतिशतले बढेको छ। यस्तै, राष्ट्र उत्थान लघुवित्त र गुडविल फाइनान्सका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।







डिसी नेपाल








Facebook Comment