भदौ ६ गतेदेखि बरुण हाइड्रोपावरले हकप्रद सेयर जारी गर्दै

डिसी नेपाल
१८ साउन २०७९ ११:१३

काठमाडौँ। बरुण हाइड्रोपावर कम्पनीको २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर भदौ ६ गतेदेखि जारी गर्ने भएको छ। कम्पनीले १ः१ अनुपातमा प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यको दरले २६ करोड ७९ लाख ५ हजार ५ सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गर्न लागेको हो।

कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि साउन २ गते बुकक्लोज गरिसकेको छ। यस अनुसार साउन १ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छन्।

यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ २६ गतेसम्म आवेदन दिन पाउने छन्।

यस हकप्रद सेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन पाउने छन्। साथै नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *