मुक्तिनाथ विकास बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

डिसी नेपाल
१९ साउन २०७९ १३:३४
108
Shares

काठमाडौँ। मुक्तिनाथ विकास बैंकले आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा बढेको छ।  बैंकको खुद नाफा १८.४७ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ अर्ब १५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। बैंकको वितरणयोग्य नाफा ८१ करोड ५९ लाख रुपैयाँ रहेको छ।

बैंकको खुद नाफा बढ्नमा खुद ब्याज आम्दानी र सञ्चालन नाफाले टेवा पुर्याएको देखिन्छ।  अघिल्लो वर्ष २ अर्ब ७८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको यस बैंकले यस वर्ष २१.०८ प्रतिशतले वृद्धि गरेर ३ अर्ब ३७ करोड रुपैयाँ बढी कमाउन सफल भएको छ। यस्ता सञ्चालन नाफा १ अर्ब ६४ करोड रुपैयाँबाट बढेर १ अर्ब ९६ करोड रुपैयाँ पुर्याएको छ।

यो समिक्षा अवधिसम्ममा बैंकले १ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने  ८६ अर्ब ९० करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड रुपैयाँ रहेको छ। भने, रिजर्भको आकार ४४.३६ प्रतिशतले बढेर १ अर्ब ६२ करोड रुपैयाँ पुर्याएको छ।

बैंकको खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि बढेको छ।  बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ४४ पैसाबाट बढेर २४ रुपैयाँ २२ पैसा भएको छ। मूल्य आम्दानी अनुपात (पीई रेसियो) १८.१६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४३.२१ रुपैयाँ रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.