एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ

डिसी नेपाल
३० असार २०८३ २२:११

काठमाडौं। कर्जा रकम दुरुपयोगसम्बन्धी कसुरमा एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मा पक्राउ परेका छन्। केन्द्रीय अुनसन्धान व्यूरोको टोलीले ५८ वर्षीय शर्मालाई आज काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानबाट पक्राउ गरेको हो।

निजले उक्त रिसोर्ट निर्माण र जग्गा खरिदका लागि प्रभु बैंकबाट रु ४८ करोड कर्जा लिएकामा उक्त कम्पनीले आफ्नै समूहको अन्य ऋणी कम्पनीको बक्यौता तिरी कर्जा रकम दुरुपयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

कर्जा दुरुपयोग गर्न नहुने कसुर गरेको निष्कर्ष निकाल्दै नेपाल राष्ट्र बैङ्कले शर्मा विरुद्ध थप अनुसन्धानका लागि ब्यूरोलाई पत्राचार गरेको थियो। शर्मामाथि बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गतको कसुरमा उच्च अदालत पाटनबाट आज अनुमति लिई पक्राउ गरिएको व्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *