९ वर्षअघि अपहरित पूजा भेटिइन्, घरबाट ५०० मिटर मात्र टाढा थिइन् तर कसैले थाहा पाएनन्
काठमाडौं । वर्ष २०१३, जनवरी महिनाको २२ तारिखमा विद्यालय जाने क्रममा ७ वर्षीया बालिकालाई कसैले अपहरण गरेको थियो । परिवारले धेरै खोजे, प्रहरीमा उजुरी पनि दिए । प्रहरीले वर्षौंसम्म बालिकाको खोजी गरे पनि फेला पर्न सकेको थिएन । यस अवधिमा सरकारी अभिलेखमा उनको पहिचान ‘मिसिङ गर्ल नम्बर १६६’ बनेर रह्यो ।
सन् २०२२ मा उनी १६ वर्षकी भइन् । परिवारबाट अलग भएको ९ वर्ष भइसकेको थियो । उनी मुम्बईको अंधेरी वेस्ट इलाकामा रहेको आफ्नो घरबाट ५०० मिटर टाढा बस्दै आएकी थिइन् तर उनलाई यो कुरा थाहा थिएन । अन्ततः, उनले आफ्नो परिवारलाई ४ अगस्ट २०२२ मा बेलुका ८:२० मा भेटिन्।
यो कथा एक बालिकाको हो जसले आफ्नो पहिचानसँग ९ वर्ष संघर्ष गरिन्। सन्तानको लालसामा विद्यालय जाने क्रममा एक व्यक्तिले उनको अपहरण गरेका थिए । जब ती मानिसको आफ्नै बच्चा भयो, उनले बालिकालाई कामदारको रूपमा काम गर्न लगाए। आरोपितकी श्रीमतीले पनि बालिकालाई कुटपिट गर्थिन् । यसै क्रममा आरोपीले नशाको तालमा उनी आफ्नो बच्चा नभई उठाएर ल्याएको बताए ।
९ वर्षअघि मुम्बईकी ७ वर्षीया पुजा गौड आफ्नो भाइसँग २२ जनवरी २०१३ मा विद्यालय जाँदै गर्दा अपहरणमा परेकी थिइन् । यसै क्रममा दिदीभाइबीच पकेटमनीलाई लिएर झगडा भयो र उनी पछाडि परिन् । अभियुक्त जोसेफ डिसुजाले बालिकालाई विद्यालय नजिकै घुमिरहेको देखे । उनी र उनकी श्रीमती सोनी लामो समयदेखि सन्तानको चाहनामा थिए तर बच्चा हुन सकेको थिएन। उनीहरूले बालिकालाई अपहरण गरेका थिए ।
प्रहरीले अनुसन्धान सुरु गरेपछि र सञ्चारमाध्यमले पनि खबर दिन थालेपछि स्थानीयले पूजालाई खोज्न अभियान थाले । बालिका फेला परे आफू र श्रीमतीलाई गाह्रो हुने डर अभियुक्त डिसुजालाई थियो । उनले पूजालाई कर्नाटकको रायचुरमा होस्टेलमा बस्न पठाए।
२०१६ मा डिसुजा र सोनीको बच्चाको जन्म भयो। दुई सन्तानको खर्च धान्न गाह्रो भएपछि डिसुजाले पूजालाई कर्नाटकबाट फिर्ता बोलाए । उनीहरूले पूजालाई बच्चा सम्हाल्ने काममा लगाए। उनीहरूले घर पनि परिवर्तन गरे । उनीहरू अंधेरी (पश्चिम) को गिल्बर्ट हिल क्षेत्रमा बस्न आएका थिए, जहाँ पूजाको वास्तविक घर थियो।
डीएन नगरका सिनियर इन्स्पेक्टर मिलिन्द कुर्डेले डिसुजालाई बालिका हुर्किएपछि कसैले चिन्न नसक्ने महसुस भएको बताए। उनको ‘लुकिंग फर द मिसिङ’ को पोस्टर पनि हटाइयो । उनले बालिकालाई इलाकामा कसैसँग नबोल्न पनि भनेका थिए ।
पूजाका काकाले डिसुजाकी श्रीमती सोनीले पूजालाई कुटपिट गर्ने गरेको बताए । डिसुजाले मदिराको नशामा बेलाबेलामा आफुले उनलाई सन् २०१३ मा कतैबाट उठाएको भन्ने गर्थे । यसबाट पूजालाई थाहा भयो कि ती दुवै उनका आमाबुवा होइनन्, तर उनी उनीहरूसँग यति डराएकी थिइन् कि त्यहाँबाट कसरी भाग्ने भनेर उनले बुझिनन्।
पूजाले ७ महिनादेखि बच्चा हेर्ने काम गरिरहेको घरको सहयोग॥ले पूजालाई मद्दत गरे। पूजाको कथा सुनेपछि हाउसहेल्पले बालिकाको नाम, मिसिङ र डिसुजाको नाम प्रविष्ट गरेर गुगलमा सर्च गरे, जहाँ त्यसबेला बालिकाको खोज अभियानसँग सम्बन्धित लेखहरू फेला परे ।
पूजाका काकाले ती लेखमा आफ्नो तस्बिर देखेपछि पूजालाई सबै याद आएको बताए । नजिकैको आफ्नो घर पनि याद आयो । पूजाले हराएको पोस्टरमा पाँचवटा फोन नम्बर फेला पारिन्। तीमध्ये चार वटा नम्बरले काम गरिरहेका थिएनन्, तर पाँचौं नम्बर छिमेकमा बस्ने रफिकको थियो। त्यो नम्बरले काम गरिरहेको थियो।
रफिकले फोन उठाएपछि सुरुमा शंका लाग्यो । त्यसपछि उनले प्रमाणको रूपमा पूजाको फोटो मागे। बिहीबार बिहान पूजाले हाउस हेल्पको सहयोगमा भिडियो कल गरिन्, जसको स्क्रिनसट रफिकले पूजाकी आमा र काकालाई देखाएका थिए। तस्विरमा पूजालाई देखेर दुबैको आँसु आयो ।
पूजाको परिवारले उनको काम गर्ने ठाउँको विवरण पाए र डीएन नगर पुलिस स्टेशनलाई जानकारी दिए। प्रहरी त्यहाँ पुगेपछि पूजा आफूले हेर्ने बच्चालाई घुमाउने बहानामा तल आइन् । पूजा र उनकी आमाको भेट ९ वर्षपछि राति ८:२० बजे भएको थियो ।
प्रहरीले डिसुजा दम्पतीविरुद्ध अपहरण, मानव बेचबिखन, अवैध श्रम लगायतका विभिन्न धारामा मुद्दा दर्ता गरेको छ । ह्यारी डिसुजालाई प्रहरी हिरासतमा पठाइएको छ, जबकि उनकी श्रीमती सोनीलाई छ वर्षको बच्चाको हेरचाह गर्ने अरू कोही नभएकोले पक्राउ गर्न बाँकी छ।
प्रहरीले हाल १६ वर्षीया पूजाको स्वास्थ्य परीक्षण गरिरहेको छ । उनलाई बाल कल्याण समितिमा पेश गरी परिवारको जिम्मा लगाइनेछ । त्यहाँ पूजालाई कहाँ राखिएको थियो भन्ने यकिन जानकारी पाउनका लागि प्रहरीले एउटा टोली कर्नाटक पठाएको छ ।
९ वर्षअघि जब बालिका विद्यालय बाट घर पुगिनन् परिवारले डीएन नगर प्रहरी थानामा उजुरी दिए। पूजा बेपत्ता भएको कुरा सबैभन्दा पहिले सहायक प्रहरी नायव निरीक्षक राजेन्द्र धोन्डु भोसलेसम्म पुग्यो । उनले सन् २००८ देखि २०१५ सम्म बेपत्ता भएका १६६ बालिकाहरुको खोजी गरिरहेका थिए । सन् २०१५ मा रिटायर्ड हुँदासम्म उनले १६५ बालिकाहरू पत्ता लगाएका थिए।
पूजा १६६ नम्बरमा बेपत्ता भएकी बालिका थिइन्, जसलाई उनले आफ्नो अवकाशपछि ७ वर्षसम्म खोजिरहेका थिए । पूजालाई भेटेपछि उनले भने ‘तपाइँ प्रहरीको रूएमा अवकाश पाउन सक्नुहुन्छ तर मानवता अवकाशसँगै समाप्त हुँदैन । त्यो तपाइँ जीवित रहँदासम्म रहन्छ । यदि तपाइँले छोरी गुमाउनुको पीडा बुझ्न सक्नुहुन्न भने तपाइँ मानव होइन।







डिसी नेपाल







Facebook Comment