पुर्चौंडी नगरपालिकाद्वारा खेलाडीलाई सम्मान
दशरथचन्द (बैतडी) । बैतडीको पुर्चौंडी नगरपालिकाले खेलाडीलाई नगदसहित सम्मान गरेको छ। १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी ६८ जना खेलाडीलाई नगरपालिकाले नगदसहित सम्मान गरेको हो।
खेलाडीको मनोबल बढाउन नगरपालिकाले प्रोत्साहन स्वरुप नगदसहित सम्मान गरेको नगरप्रमुख दीपकबहादुर बमले जानकारी दिए। प्रतियोगितामा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई जनही रु दुई हजार ५००, रजत पदक प्राप्त गर्ने २१ जनालाई रु दुई हजार र काश्य पदक प्राप्त गर्ने खेलाडीलाई रु एक हजार ५०० प्रदान गरिएको उनले जानकारी दिए।
दशरथचन्द नगरपालिका–२ देहीमाण्डौँस्थित निङ्गलाशैनी खेलमैदानमा भएको १६औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा १२ स्वर्ण, नौ रजत र सात काश्य गरी २८ पदकसहित पुर्चौंडीले लगातार दोसोपटक उपाधि जितेको छ।







डिसी नेपाल







Facebook Comment