लवकमा एनआरएनए टेक्सास च्याप्टरको “स्पेलिङ बी” प्रतियोगिता
लवक,अमेरिका।अमेरिकाका मूलधारका विद्यालयहरूले सन्चालन गर्ने स्पेलिङ वी नामक प्रतियोगितालाई नेपाली समुदायले आफ्नो सामुदायिक गतिविधिमा समेट्न थालेको छ।
एनआरएनए अमेरिकाको टेक्सास च्याप्टरले आयोजना गरेको उक्त प्रतियोगिताअन्तर्गत लवक नेपाली समुदायमा रहेका बालबालिकाहरूमाझ पहिलो चरणको प्रतियोगिता सन्चालन गरियो। च्याप्टरकी सदस्य भुवन सुवेदी ढकालको संयोजनमा यहँस्थि एक हिन्दु मन्दिरमा शनिबार आयोजित प्रतियोगितामा ग्रिप्सन बजगॉई, दीप श्रेष्ठ, जानभी ढुंगाना, शुभेक्षा जोशी र ग्रिस्निमा बजगॉई गरि ५ जना वालवालिकाहरूले भागलिएका थिए।
यस प्रतियोगितामा १ देखी ८ कक्षामा पढ्ने वालवालिकाहरूबीच प्रतिस्पर्धा गराईएको थियो। डा. प्रकाश पराजुलीले मोडरेट गरेको कार्यक्रममा निर्णायक मण्डलमा रहेका विश्वविद्यालय अध्ययनरत विद्यार्थीहरू सतिश बन्जारा, नीता घर्ति र शैलेन्द्र प्रकाश श्रेष्ठले प्रतियोगीहरूलाई विभिन्न १० अंग्रेजी शव्दहरूको हिज्य अर्थात् स्पेलिंग सोधेका थिए। प्रतिस्पर्धाबाट दीप श्रेष्ठ र ग्रिस्निमा बजगॉई छनौट भएका छन्।
छनौट भएका २ प्रतियोगीहरूले च्याप्टरव्यापी प्रतियोगितामा प्रतिस्पर्धा गर्ने आयोजक संस्थाका कार्यसमिति सदस्य एवं यस प्रतियोगिताका संयोजक सुवेदी ढकालले जानकारी दिए।

उनका अनुसार स्थानिय प्रतिस्पर्धामा छनौट भएका श्रेष्ठ र बजगॉईलाई आगामी सेप्टेम्बर महिनामा आयोजना हुने च्याप्टरस्तरिय अन्तिम प्रतिस्पर्धामा भाग लिनकालागी शिफारिस गरिनेछ । लवक लगायत अस्टिन, ह्युस्टन, सानआन्टनियो, पेरिस र वेको शहरबाट यसरीनै प्रतिस्पर्धा गराई अन्तिम प्रतिस्पर्धाका लागी छनौट गरिनेछ ।
उक्त शहरहरूबाट छनौट भएकाहरूबीच अन्तिम प्रतिस्पर्धा गराईनेछ । प्रतिश्पर्धामा छनौट हुने उत्कृष्टहरूमध्ये प्रथम पुरस्कार पन्ध्र सय डलर, दोस्रो एकहजार डलर, तेस्रो ५ सय र चौथो हुनेले २ सय डलर प्राप्त गर्नेछन्। कार्यक्रममा वालवालिकाहरू र उनीहरूका अभिभावकहरूका साथै लवक समुदायका सदस्यहरूको उपस्थिति रहेको थियो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment