बैंक अफ काठमाण्डूको नाफामा सामान्य वृद्धि
काठमाडौँ। बैंक अफ काठमाण्डूको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको विवरण अनुसार बैंकको खुद नाफामा सामान्य वृद्धि भएको छ। बैंकको खुद नाफा ४.८६ प्रतिशतले बढेर १ अर्ब ८१ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ अर्ब ७२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। वितरणयोग्य नाफा १५.४२ प्रतिशतले बढेर १ अर्ब ३० करोड रुपैयाँ पुगेको छ।
बैंकको खुद ब्याज आम्दानी २३.७८ प्रतिशत र सञ्चालन नाफा ०.२६ प्रतिशतले बढेको छ। समिक्षा अवधिमा बैंकको खराव कर्जा ०.१४ प्रतिशतले बढेको छ। बैंकको खराब कर्जा १.०४ प्रतिशतबाट बढेर १.१८ प्रतिशत भएको छ।
यो असार मसान्तसम्ममा बैंकको प्रति सेयर आम्दानी पनि केहि बढेको छ। बैंकको प्रति सेयर आम्दानी १ रुपैयाँ १४ पैसाले बढेर १७ रुपैयाँ ०४ पैसा (वार्षिक) कायम भएको छ । यसको प्रतिसेयर नेटवर्थ १६७ रुपैयाँ ७५ पैसा छ।
बैंक अफ काठमान्डू र ग्लोबल आइएमई बैंक १ः१ अनुपातमा मर्ज हुँदैछन्। दुवै बैंक एक आपसमा मर्जमा गएकाले २ असारदेखि सेयर कारोबार रोक्का भएको छ।







डिसी नेपाल








Facebook Comment