टोखाबाट जुवातास खेलिरहेको अवस्थामा सात जना पक्राउ
काठमाडौँ। कागेश्वरी मनोहरा नगरपालिका–९ दिर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा जुवातास खेलिरहेको अवस्थामा सात जनलाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेखराज बस्नेतका भाइ युवराज बस्नेत समेत ७ जना छन्। उनीहरुलाई शनिबार प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनीहरूलाई १४ बुक तास, २ हजार भारतीय रूपैयाँ र १ लाख ६४ हजार ३ सय ४४ नेपाली रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment