सयपत्री हाइड्रोपावरको आइपीओ बाँडफाँट, रिजल्ट यहाँबाट हेर्नुहोस्

डिसी नेपाल
२४ साउन २०७९ १२:०७
64
Shares

काठमाडौं। सयपत्री हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ। यसमा गोलाप्रथामार्फत ६७ हजार ५८ जना सर्वसाधारणले सेयर पाएका छन्। जसमध्ये ६ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका छन्।

यो आइपीओमा कुल १४ लाख १३ हजार ५७२ जनाले आवेदन दिएकामा एक हजार १०४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलले जानकारी गराएको छ।

सयपत्रीले १३ देखि १७ साउनसम्म आयोजना प्रभावित स्थानीयले नकिनेको एक लाख २१ हजार ६० कित्तासमेत थप गरी कुल सात लाख २१ हजार ६० कित्ता सेयर निष्कासन गरेको हो।

यसमध्ये ३६ हजार ५३ कित्ता सेयर समूहिक लगानी कोष र १४ हजार ४२१ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको थियो। बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिएका थिए।

लगानीकर्ताले एनआइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन्। साथै, सयपत्री हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.