सेयर बजारमा पहिरो, ४५.४२ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२४ साउन २०७९ १५:११
208
Shares

काठमाडौँ। साताको कारोबारको तेश्रो दिन मंगलबार सेयर बजार घटेको छ। आज नेप्से ४५.४२ अंकले घटेर २ हजार ०६०.७३ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२२ कम्पनीको ६६ लाख ४६ हजार ०३६ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ८१ करोड ५१ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी शिभम् सिमेन्टको भएको छ। यसको आज १५ करोड १० लाखभन्दा बढीको कारोबार भएको छ।

मंगलबारको कारोबारमा १३ वटै उपसुचक घटेको छ। आजको कारोबारमा हिमालयन हाइड्रोपावर र गुराँस लघुवित्तका लगानीकर्ताले अत्यधिक कमाएका छन्। भने गणपति लघुवित्त र घलेम्दी हाइड्रोका लगानीकर्ताले अत्यधिक गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.