प्रभु बैंक र त्रिशुली रीभर साइड रिर्सोटबीच सम्झौता, बैंकका ग्राहकलाई रिर्सोटमा १० प्रतिशत छुट

डिसी नेपाल
२५ साउन २०७९ ११:३५

काठमाडौँ। प्रभु बैंक र त्रिशुली रीभर साइड रिर्सोटबीच छुट सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतामा बैंकका तर्फबाट गजुरी शाखा कार्यालय प्रमुख दिपक सिम्खडा र त्रिशुली रीभर साइड रिर्सोटका तर्फबाट प्रोप्राइटर उधब कंडेलले हस्ताक्षर गरेका हुन्।

प्रभु बैंक र उक्त रिर्सोटबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले त्रिशुली रीभर साइड रिर्सोटद्धारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग” सेवामा मिति २०७९ साउन २५ गतेदेखि १० प्रतिशत छुट प्राप्त गर्ने भएको छ।

उक्त सम्झौता अन्तर्गत त्रिशुली रीभर साइड रिर्सोटमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, त्रिशुली रीभर साइड रिर्सोटका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *