नेसनल माइक्रोफाइनान्स लघुवित्तले गर्यो प्रगति, खुद नाफा २७.१२ प्रतिशतले वृद्धि
काठमाडौँ। नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा २७.१२ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यहि अवधिमा ३१ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको गरेको संस्था ले यस वर्ष बढाएर ४० करोड १५ लाख रुपैयाँ पुर्याउन सफल भएको छ।
यस्तै, बैंकको खुद नाफा बढ्नमा खुद ब्याज आम्दानी र सञ्चालन नाफाले टेवा पुर्याएको देखिन्छ। समिक्षा अवधिमा संस्थाले ८० करोड ३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। यो खुद ब्याज आम्दानी अघिल्लो वर्षको तुलनामा २७.६३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष संस्था आम्दानी ६२ करोड ७० लाख रुपैयाँमा सीमित थियो। यस्तै, सञ्चालन नाफा २७.५३ प्रतिशतले बढेको छ। सञ्चालन नाफा ४९ करोड ९७ लाख रुपैयाँबाट बढेर ६३ करोड ७३ लाख रुपैयाँ पुर्याउन सफल भएको छ
यो असार मसान्तसम्ममा संस्थाले ६ अर्ब ३६ करोड रुपैयाँ सापटी लिई १० अर्ब ७२ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ। ५८ करोड ६६ लाख रुपैयाँ रहेको संस्थाको चुक्तापुँजी रहेको संस्थाको रिजर्भ कोष ११५.२४ प्रतिशतले बढेर ७४ करोड ९४ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा ३४ करोड ८१ लाख रुपैयाँ थियो।
संस्थाको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) ६८.४४ रुपैयाँ, पीई रेसियो २८.२७ गुणा र प्रतिसेयर नेटवर्थ २२७.७५ रुपैयाँ रहेको विवरणमा उल्लेख छ। संस्थाको एनपीएल घटेर २.४५ प्रतिशतमा झरेको छ।







डिसी नेपाल








Facebook Comment