सिन्धु बैंकको संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुल्ला

डिसी नेपाल
२६ साउन २०७९ १०:३९
92
Shares

काठमाडौँ। सिन्धु विकास बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको छ। कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक सेयर सर्वसाधारणका लागि आजबाट बिक्री खुल्ला गरेको हो।

बैंकका अनुसार संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघ संस्थाले सूचना प्रकाशित भएको अर्थात् साउन २६ गतेबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपामा निवेदन दिन सक्नेछन्।

उक्त समयमा पनि हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा कानुन बमोजिम अन्य व्यक्तिलाई बिक्रीका लागि प्रकिया अघि बढाइने सो बैंकले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.