सामाजिक सञ्जालमार्फत महिलालाई हैरान पार्ने एकजना पक्राउ

डिसी नेपाल
२६ साउन २०७९ १८:३६
428
Shares

काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको अपमान र हैरान पार्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको साइबर ब्युरोले महिलालाई सामाजिक सञ्जालमार्फत् हैरानी तथा अपमान गरेको आरोपमा ललितपुरबाट एक जनालाई पक्राउ गरेको प्रवक्ता एवं प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए ।

ललितपुरको महालक्ष्मी नगरपालिका-८ बस्ने २४ वर्षीय अमन राजथलालाई मंगलबार पक्राउ गरिएको रायले जानकारी दिए ।

सामाजिक सञ्जालमा नक्कली प्रोफाइल बनाइ उनले महिलालाई साथी बनाएर संवाद गर्ने क्रममा अश्लिलता प्रदर्शन गरेको र त्यसैको स्क्रिनसट लिएर महिलालाई थप मानसिक यातना दिएको प्रहरीले जनाएको छ

बेइज्जत गरिदिन्छु भनेर फेरि बाध्य पारी पीडित महिलालाई समेत प्रदर्शन गर्न लगाएको प्रहरीले जनाएको छ।

त्यसपछि उनले पुनस् ब्ल्याकमेलिङ गरी आर्थिक लाभ लिन खोजेको तर त्यो पूरा नभएपछि अश्लिल तस्बिरहरू पीडितका आफन्त तथा साथीहरूलाई समेत पठाएर महिलालाई मानसिक यातना तथा दुस्ख हैरानी दिएको प्रहरीले जनाएको छ।

जाहेरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्न अनुमति लिएर उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *