माधव नेपाललाई कोरोना संक्रमण

डिसी नेपाल
२६ साउन २०७९ २१:५५
72
Shares

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई कोरोना संक्रमण भएको छ ।

अध्यक्ष नेपालको सचिवालयले दिएको जानकारी अनुसार आज गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण देखिएको छ । अध्यक्ष नेपाल अहिले सामान्य लक्षणसहित घरमै आराम एवं स्वास्थ्यलाभ गरिरहेको सचिवालयले जनाएको छ ।

संक्रमण पुष्टि भएसँगै स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै केही दिनका लागि भेटघाट तथा निर्धारित कार्यक्रमहरू स्थगित गरिएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.