प्रभु बैंक र होटल ग्राण्ड साम्बालाबीच सम्झौता, बैंकका ग्राहकलाई होटेलमा आकर्षक छुट 

डिसी नेपाल
२७ साउन २०७९ ९:३३
148
Shares

काठमाडौँ। प्रभु बैंक लिमिटेड र होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथका बीच विभिन्न सेवाहरूमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ। बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल ग्राण्ड साम्बाला प्रा. लि. का तर्फबाट प्रबन्ध निर्देशक नाम्ग्य वाङ्गदी गुरुङद्वारा उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो।

प्रभु बैंक र होटल साम्बालाबीच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहनुभएका सम्पूर्ण ग्राहक महानुभावहरूले होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथद्वारा सञ्चालित “फुड”,“वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौताअन्तर्गत होटल ग्राण्ड साम्बाला प्रा. लि., मुक्तिनाथमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहक महानुभावहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल ग्राण्ड साम्बाला प्रा. लि.का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको जारी विज्ञप्तिमा जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.