सेयर बजार राताम्मे, २७.९२ अंकले घट्यो नेप्से परिसूचक

डिसी नेपाल
२९ साउन २०७९ १५:१७
92
Shares

काठमाडौँ। साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार घटेको छ। आज नेप्से २७.९२ अंकले घटेर २ हजार ०१०.०१ विन्दुमा पुगेको हो।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २२७ कम्पनीको ४५ लाख ५९ हजार ०२२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमालयन डिस्टिलरीको भएको छ। यसको आज १६ करोड ५३ लाखभन्दा बढीको कारोबार भएको छ।

आइतबारको कारोबारमा १३ वटा उपसुचक घटेको छ। आजको कारोबारमा अपर हेवाखोला हाइड्रोपावर र कालिका पावरका लगानीकर्ताले अत्यधिक कमाएका छन्। यस्तै, गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन डिस्टिलरीका लगानीकर्ताले अधिक्तम गुमाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.