उपत्यकामा एकैदिन २९ सय ३० जना सवारी चालकमाथि कारवाही

डिसी नेपाल
३० साउन २०७९ १०:५२
172
Shares

काठमाडौँ। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ९३० जना सवारी चालकलाई कारवाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण आइतबार उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

कारवाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १४२, लेन अनुशासन पालना नगर्ने ७२, रेड लाइटमा सवारी साधन चलाउने ८४ र नम्वर प्लेट राम्रोसँग नराख्ने ३८ जना सवारी चालक रहेका छन्।

यस्तै, २ हजार ५९४ जना सवारी चालकलाई अन्य कारवाही गरिएको कार्यालयले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.