बसको ठक्करबाट पैदलयात्रीको मृत्यु
चितवन। महोत्तरीबाट काठमाडौँतर्फ जाँदै गरेको बसले पैदलयात्रीलाई ठक्कर दिँदा चितवनको खैरहनीमा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका–१ स्थित शाहीचोकमा आज बिहान बसले पैदल हिँडिरहेका अन्दाजी ३५ वर्षीय परिचय नखुलेका युवकलाई ठक्कर दिएको थियो।
बसको ठक्करबाट गम्भीर घाइते भएका युवकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवले जानकारी दिए।
दुर्घटनामा संलग्न बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment