एफबीआईले आफ्नाे पासपोर्ट चोरेकाे ट्रम्पकाे आराेप
न्युयोर्क। अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल ब्यूरो अफ इन्भेस्टिगेशन (एफबीआई)का एजेन्टहरूले अगस्त ८ मा उनको घरमा छापा मार्दा उनको राहदानी चोरेको आरोप लगाएका छन्।
‘ओहो! मार-ए-लागोमा एफबीआईको छापामा तिनीहरूले मेरा तीनवटा राहदानी (एउटा म्याद सकिएको) चोरेका थिए’ ट्रम्पले आफ्नो सोशल मिडिया प्लेटफर्ममा भनेका छन्।
रिपब्लिकन नेताले थपे, ‘यो हाम्रो देशमा पहिले कहिल्यै नदेखेको स्तरमा राजनीतिक प्रतिद्वन्द्वीमाथिको आक्रमण हो। तेस्रो विश्व!’
तर, ट्रम्पले आफ्नो कुन राहदानी एफबीआईले खोसेको भन्ने स्पष्ट पारेका छैनन् । संयुक्त राज्य अमेरिकामा नियमित नागरिकहरूलाई निलो राहदानी जारी गरिन्छ भने सरकारी सरकारी यात्राका लागि रातो ’कूटनीतिक’ राहदानी जारी गरिन्छ। एक साताअघि एफबीआईले ट्रम्पको घरमा छापा मारेको थियो ।







डिसी नेपाल







Facebook Comment