मोर्डना खोप अतिरिक्त मात्रामा प्रयोग गर्न पाइने

डिसी नेपाल
३१ साउन २०७९ ९:५८
60
Shares

काठमाडौँ। बेलायतको औषधि नियामक निकायले कोरोना भाइरसविरुद्धको अद्यावधिक मोडेर्ना खोपलाई अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति प्रदान गरेको छ।

बेलायती नियामक निकायले स्वीकृत गरेको यो पहिलो ‘बाइभ्यालेन्ट’ कोभिड–१९ खोप हो। उक्त निकायका प्रमुख कार्यकारी जुन राइनले क्लिनिकल परीक्षणको तथ्यांकले यसले मूल भाइरस र ओमिक्रोनविरुद्ध ‘बलियो प्रतिरक्षा प्रतिक्रिया’ लाई प्रेरित गरेको देखाए पछि अतिरिक्त प्रयोगका लागि स्विकृत प्रदान गर्ने निर्णय लिईएको हो।

‘मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ले सोमबार एक विज्ञप्ति जारी गर्दै बेलायती नियामकको सुरक्षा, गुणस्तर र प्रभावकारिताको मापदण्ड पूरा गरेको पाइएपछि वयस्कका लागि खोपको अतिरिक्त मात्रा प्रयोगका लागि स्वीकृति प्रदान गरेको जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *