बञ्चरेडाँडामा फोहोरको गाडीलाई अवरोध गरेपछि हवाई फायरसहित अश्रुग्याँस प्रहार
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बोकेर बञ्चरेडाँडामा गएको गाडीलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले हवाई फायर र अश्रुग्याँस प्रहार गरेको छ ।
तनाव सिर्जना भएपछि नियन्त्रण गर्न प्रहरीले पाँच राउन्ड हवाई फायर र केही सेल अश्रुग्याँस प्रहार गरेको हो । फोहोर बोकेर गएको गाडीलाई स्थानीयले गुलेलीलगायतका साधनले हान्ने र अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको हो ।
प्रहरी परिसर टेकुका प्रवक्ता दिनेशराज मैनालीका अनुसार स्थानीयले गाडीलाई अवरोध गरेपछि प्रहरीले ५ राउन्ड हवाईफायर र केही सेल अश्रुग्याँस प्रहार गरेको हो । स्थानीयबासीले प्रहरीमाथि नै ढुंगामुढा प्रहार गरेपछि हवाईफायर गर्नुपरेको मैनालीले बताए। स्थानीयबासीले विभिन्न माग राखी फोहोर फाल्नलाई अवरोध गर्दै आएका छन् ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment