माथिल्लो त्रिशूली ३ ‘बी’को सुरुङभित्र फसेकाहरूको खोजीमा सेनाको टोली सक्रिय

डिसी नेपाल
१५ भदौ २०८३ १७:२८

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटको माथिल्लो त्रिशुली थ्री बीको सुरुङमा नेपाली सेनाले आज पनि उद्धार कार्यको प्रयास तीव्र पारेको छ।

नेपाल सरकारको अनुमतिमा यही भदौ १३ गते चिनियाँ उद्धार टोली आफै निजी हेलीकप्टर लिएर नुवाकोटको त्रिशुली पुगेको थियो। त्यसपछि नेपाली सेनासँग समन्वय गरी निजी हेलीकप्टर लिएर माथिल्लो त्रिशुली थ्री बी को सुरुङ क्षेत्रमा पुगेको थियो।

लगत्तै यो टोलीले माथिल्लो त्रिशुली थ्री बीको सुरुङ क्षेत्रमा रेकी गरेको थियो। चिनियाँ उद्धार टोलीले सोही दिन रसुवाको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनामा पनि रेकी गरेको थियो।

त्यसपछि दुवै जलविद्युत आयोजनाको रेकीपश्चात उक्त टोलीले नेपाली सेनालाई बस्तुस्थितिबारे जानकारी गराएको थियो। भदौ १४ गते भने सो चिनियाँ टोली रसुवाको माथिल्लो त्रिशुली-१ जलविद्युत आयोजना क्षेत्रमा उद्धार कार्यमा केन्द्रीत भएको थियो।

यता सोही दिन त्रिशुली थ्री बी मा भने नेपाली सेनाको भैरवनाथ गणका १५ जना र नेपाल विद्युत प्राधिकरणको संयुक्त टोलीद्धारा खोज तथा उद्धारको प्रयास सुरु भएको थियो।
आज बिहान ९ बजे पनि नेपाली सेनाको भैरवनाथ गणका १६ जना थपिएर सुरुङ क्षेत्रमा खन्ने काम भइरहेको छ। यस आयोजनाको सुरुङमा मानिसहरु फसेको आशंका गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *