बुधबार घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

डिसी नेपाल
१ भदौ २०७९ १०:४८
248
Shares

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। बुधबार सुनको मूल्य प्रति तोला ९६ हजार २०० रुपैयाँ कायम भएको छ।

मंगलबार प्रति तोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज ५०० रुपैयाँले घटेर प्रति तोला ९६ हजार २०० रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको ९५ हजार ७०० रुपैयाँ निर्धारण भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय १० रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य १० रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.