चीनसँग बढ्दो तनावका बीच अमेरिकाले आणविक शक्तिबाट चल्ने ब्यालेस्टिक मिसाइल परीक्षण गर्‍यो

डिसी नेपाल
१ भदौ २०७९ १०:४१
2.0k
Shares

काठमाडौं । चीनसँग बढ्दो तनावका बीच अमेरिकाले आणविक शक्तिले सुसज्जित लामो दूरीको ब्यालेस्टिक मिसाइल मिनेटम्यान-३ को सफल परीक्षण गरेको छ।

अगस्टमा नै अमेरिकी कांग्रेसकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि चीनले उक्त क्षेत्रमा युद्ध अभ्यास सुरु गरेको थियो। चीनले ताइवानलाई छुट्टै प्रान्त मान्छ, जसलाई उसले पुनः प्राप्त गर्न चाहन्छ।

वायुसेनाको ग्लोबल स्ट्राइक कमाण्डले मध्यरातमा क्यालिफोर्नियाको भान्डेनबर्ग स्पेस फोर्स बेसबाट मिनेटम्यान-३ प्रक्षेपण गरेको थियो। ब्यालेस्टिक मिसाइलले ६ हजार ७६० किलोमिटरको दुरी पार गरेको थियो । मिसाइलले २४ हजार किलोमिटर प्रतिघण्टाको गतिमा जान सक्छ ।

सेनाले यसअघि पनि करिब ३ सय परीक्षण गरिसकेको र यी परीक्षणलाई कुनै पनि विश्वव्यापी घटनाले असर नगरेको बताएको छ । अप्रिलमा, अमेरिकाले रसियासँग आणविक तनाव कम गर्न ब्यालेस्टिक मिसाइल मिनेटम्यान-३ को परीक्षण रद्द गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *