नेपालीले बजाउँछन् एक वर्षमा २६ करोडको बाद्ययन्त्र

डिसी नेपाल
१ भदौ २०७९ ११:२५

काठमाडौँ। नेपालले एक वर्षमा करिव २६ करोड रुपैयाँका विभिन्न बाद्ययन्त्रहरु आयात गर्ने गरेको पाइएको छ। नेपालले गत आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम बराबरको बाद्ययन्त्र विभिन्न देशबाट आयात गरेको हो।

भन्सार विभागका अनुसार २०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालमा २५ करोड ९७ लाख ६२ हजार रुपैयाँको बाद्ययन्त्रहरु भित्रिएको छ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विभिन्न देशबाट २० करोड ९७ लाख ६५ हजार रुपैयाँको वाद्ययन्त्रहरु नेपाल भित्रिएको थियो। विभागका अनुसार गत आर्थिक वर्ष १ करोड ३७ लाख ५० हजार रुपैयाँको पियानो नेपालले आयात गरेको थियो।

सोही समयमा ४ करोड ९५ लाख ३० हजार रुपैयाँको गीतार र ३ करोड ६३ लाख ८४ लाख रुपैयाँको किबोर्ड नेपालले आयात गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *