टर्की र इजरायलबीच पूर्ण कूटनीतिक सम्बन्ध पुनर्स्थापित, तर एर्दोगानले प्यालेस्टाइनको मुद्दा नछोड्ने
काठमाडौं । टर्की र इजरायलबीच पूर्ण कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएको छ । इजरायलका प्रधानमन्त्री यायर लापिड र टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानबीचको वार्तापछि दुई देशबीच पूर्ण कूटनीतिक सम्बन्ध पुनःस्थापनाको घोषणा गरिएको हो । यो जानकारी इजरायलको प्रधानमन्त्री कार्यालयले दिएको हो ।
इजरायलका प्रधानमन्त्री लापिडले क्षेत्रीय स्थायित्वका लागि सम्बन्धको पुनःस्थापना निकै महत्वपूर्ण भएको बताएका छन् । उनले भने– यो इजरायलका नागरिकका लागि निकै महत्वपूर्ण आर्थिक समाचार पनि हो । हामी विश्वभर इजरायलको स्थिति बलियो बनाउन जारी राख्नेछौं। गत वर्षदेखि दुवै देश यस दिशामा काम गरिरहेका थिए। यसै क्रममा प्रधानमन्त्री लापिड टर्की गएका छन् ।
उनले टर्कीका राष्ट्रपति एर्दोगानसँग पनि कुराकानी गरेका थिए । इजरायलको प्रधानमन्त्री कार्यालयले कूटनीतिक सम्बन्धको पुनःस्थापनाले आर्थिक, व्यापारिक र सांस्कृतिक सम्बन्धलाई पनि सुदृढ बनाउने बताएको छ । यससँगै क्षेत्रीय स्थायित्व पनि बढ्नेछ । टर्कीले इजरायलसँग कूटनीतिक सम्बन्ध पुनर्स्थापित भएको अर्थ प्यालेस्टाइनीहरूलाई आफ्नो समर्थन त्याग्ने भनेको होइन भनेर स्पष्ट पारेको छ।
टर्कीको विदेश मन्त्रालयले प्यालेस्टिनी मुद्दालाई नछोड्ने बताएको छ। टर्कीका विदेशमन्त्रीले टर्की र इजरायलले आफ्ना राजदूत र कन्सुलर नियुक्त गर्ने बताएका छन्। तर टर्कीले प्यालेस्टिनीहरूको अधिकारको बारेमा कुरा गर्न जारी राख्नेछ।







डिसी नेपाल







Facebook Comment