फलफूल तथा तरकारीको आजको मूल्य

डिसी नेपाल
३ भदौ २०७९ ९:४८
224
Shares

काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबार तरकारी र फलफूलको भाउ निर्धारण गरेको छ। जसअनुसार अदुवाको औसत मूल्य प्रतिकेजी ७५ रुपैयाँ छ भने अनार २७५ रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै, अमला ९५ रुपैयाँ, अम्बा १४५ रुपैयाँ, चोसा आँप २७५ रुपैयाँ, आभोकाडो ४७५ रुपैयाँ, रातो आलु ६१ रुपैयाँ, भारतीय रातो आलु ३८ रुपैयाँ ५० पैसा, मुडेको रातो आलु ५४ रुपैयाँ ७५ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, स्थानीय काउली ८५ रुपैयाँ, कागती २२० रुपैयाँ, किवि ५७५ रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, अकबरे खुर्सानी ११३ रुपैयाँ ३३ पैसा, हरियो खुर्सानी ६५ रुपैयाँ, तराई गाजर ८५ रुपैयाँ र लोकल गाजर १३६ रुपैयाँ ६७ पैसा रहेको छ।

त्यस्तै, गुन्दुकको औसत मूल्य प्रतिकेजी २७५ रुपैयाँ, ठूलो नेपाली गोलभेडा ४७ रुपैयाँ ५० पैसा, ठूलो भारतीय गोलभेडा ५८ रुपैयाँ ३३ पैसा, टनेल गोलभेडा ३१ रुपैयाँ २० पैसा, सानो लोकल गोलभेडा २५ रुपैयाँ २० पैसा, राजमा घिउ सिमी १४५ रुपैयाँ, लोकल घिउ सिमी ६५ रुपैयाँ, घिरौला ४० रुपैयाँ, चिचिण्डो २८ रुपैयाँ ३३ पैसा, चुकुन्दर ७६ रुपैयाँ ६७ पैसा, कन्य च्याउ २१० रुपैयाँ, डल्ले च्याउ ३७५ रुपैयाँ र झिगूनी ४२ रुपैयाँ ५० पैसा रहेको छ।

यसैगरी हरियो तरबुजाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, छडी माछा २३५ रुपैयाँ, बचुवा माछा २६० रुपैयाँ, मुंगरी ताजा माछा २५५ रुपैयाँ, तामा १२६ रुपैयाँ ६७ पैसा, तितो करेला ४५ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ, निबुवा ७५ रुपैयाँ, न्यूरो ११० रुपैयाँ, परवर ४८ रुपैयाँ ३३ पैसा, पिंडालू ५८ रुपैयाँ ३३ पैसा, सुकेको भारतीय प्याज ३९ रुपैयाँ, लोकल बन्दा ४५ रुपैयाँ, तने बोडी ६५ रुपैयाँ, ब्रोकाउली २६५ रुपैयाँ, भटमासकोशा ६६ रुपैयाँ ६७ पैसा, भिण्डी ४५ रुपैयाँ, भुई कटहर प्रतिगोटा १७५ रुपैयाँ, भेडे खु्र्सानी ७४ रुपैयाँ, मकै बोडी ७६ रुपैयाँ ६७ पैसा, रायोको साग १४६ रुपैयाँ ६७ पैसा, रुख कटहर ४५ रुपैयाँ, लप्सी ५६ रुपैयाँ ६७ पैसा, सुकेको चाइनिज लसुन १६५ रुपैयाँ, सुकेको नेपाली लसुन १२५ रुपैयाँ, लौका ३५ रुपैयाँ, शरीफा १६५ रुपैयाँ, सेलरी २७५ रुपैयाँ, स्कूसा ३२ रुपैयाँ ५० पैसा, फूजी स्याउ २७० रुपैयाँ, र हरियो धनिया ४५० रुपैयाँ रहेको छ।

यो थोक बजार भाउ हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.