राधी विद्युतको १४७ प्रतिशत हकप्रदमा बुक क्लोज निर्धारण

डिसी नेपाल
३ भदौ २०७९ ११:२९
116
Shares

काठमाडौं। राधी विद्युत कम्पनीले १४७ प्रतिशत हकप्रद सेयरमा बुक क्लोज मिति तय भएको छ। कम्पनीले जारी गर्न लागेको हकप्रदमा १२ भदौमा बुक क्लोज गर्ने भएको छ । यसर्थ, ११ भदौसम्म कायम सेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्।

यता, कम्पनीले हकप्रद सेयर बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। अब छिट्टै हकप्रद निष्कासन प्रक्रिया अघि बढ्नेछ। कम्पनीले १ः१४७५२ अनुपातमा ९५ करोड ३५ लाख ७६ हजार ९०० रुपैयाँ बराबरको ९५ लाख ३५ हजार ७६०.९९ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो।

यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ। हाल राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख रुपैयाँभन्दा बढी रहेको छ। हकप्रद बिक्रीपछि पुँजी करिब १ अर्ब ६० करोड रुपैयाँ पुग्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.