भृकुटी मण्डपमा जुत्ताचप्पल मेला सुरु, १० देखि ५० प्रतिशतसम्म छुट

डिसी नेपाल
५ भदौ २०७९ ९:५०
132
Shares

काठमाडौं। स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्ने उदेश्यसहित पाँचौ जुत्ताचप्पल व्यापार प्रवर्द्धन मेला आइतबारदेखि सुरु भएको छ।

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालको आयोजनामा भदौ ५ गतेदेखि २० गतेसम्म पाँचौ व्यापार प्रवर्द्धन मेला काठमाडौँको भृकुटीमण्डपमा हुन लागेको हो।

मेला संयोजक सुरज बन्जाडेका अनुसार बिदेशी आयात प्रतिस्थापन गरी जुत्ताचप्पल तथा छालाका वस्तु उत्पादनको क्षेत्रमा मुलुकलाई आत्मनिर्भर बनाउन मेलाको आयोजना गर्न लागिएको हो।

मेलामा १० देखि ५० प्रतिशत छुटमा ३० भन्दा बढी ब्राण्डका एक हजार मोडलका जुत्ता पाउन सकिने छ। मेला १५ दिनसम्म चल्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.