राष्ट्र बैंकले ट्रेजरी बिल जारी गर्दै, दिउँसो ३ बजे बोलकबोल हुने
काठमाडौँ। नेपाल राष्ट्र बैंकले १२ अर्ब २३ करोड ३२ लाख रुपैयाँबराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ। केन्द्रिय बैंकले २८ दिने, ९१ दिन, १८२ दिन र १ वर्ष गरी चार किसिमको ट्रेजरी बिल जारी गर्न लागेको हो।
बैंकले २८ दिनको लागि ५ अर्ब ट्रेजरी बिल जारी गर्ने भएको छ। यो बिल आगामी असोज ४ गते परिपक हुनेछ। यस्तै, ९१ दिनको लागि २ अर्ब २३ करोडको ट्रजरी बिल आगामी मङ्सिर ६ गते परिपक्व हुने गरी जारी गर्न लागेको हो।
त्यस्तै १८२ दिनको लागि ६ अर्बको ट्रजरी बिल जारी गर्न लागेको हो। यो बिल आगामी फाल्गुण ९ गते परिपक्व हुनेछ । भने १ वर्षको लागि २ अर्वको बिल जारी गर्ने भएको छ। यो बिल्ला २०८० साल भाद्र ५ गते परिपक्व हुने भएको छ।
ट्रेजरीको बोलकबोल अनलाइनमार्फत सोमबार दिउँसो ३ बजे खुला हुनेछ। सोमबार हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ।








डिसी नेपाल








Facebook Comment