बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर बिक्री खुला
काठमाडौँ। बरुण हाइड्रोपावर कम्पनीको १०० प्रतिशत हकप्रद सेयर बिक्री खुल्ला भनेको छ। कम्पनीले १ः१ अनुपातमा २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर जारी गरेको हो । कम्पनीले प्रति कित्ता १ सय रुपैयाँ अंकित मुल्यमा २६ करोड ७९ लाख ५ हजार ५ सय रुपैयाँबराबरको हकप्रद सेयर जारी गरेको छ।
यस हकप्रद सेयरमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । यस हकप्रद सेयरमा लगानीकर्ताले भदौ २६ गतेसम्म आवेदन दिन पाउने छन्।
यस हकप्रद सेयरमा लगानीकर्ताले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन पाउने छन्। साथै नेपाल धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन पाउनेछन्।
कम्पनीले हकप्रद सेयर जारी गर्नको लागि साउन २ गते बुकक्लोज गरिसकेको छ। यस अनुसार साउन १ गतेसम्म कायम सेयरधनीले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन पाउने छन्।







डिसी नेपाल








Facebook Comment