देशभर थपिए २०२ कोरोना संक्रमित, एक जनाको मृत्यु

डिसी नेपाल
१२ भदौ २०७९ १७:११
32
Shares

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ८३३ को नमूना परीक्षण गर्दा २०२ जनामा संक्रमण पुष्टि भएको हो ।

सो अवधिमा २ हजार ६४ ले पीसीआर र १ हजार ७६९ को एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ५१ हजार २३४ ले कोभिडविरुद्धको खोप लगाएका छन् । यही अवधिमा ४६२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

हाल सक्रिय संक्रमितको संख्या तीन हजार ३१३ रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.