विद्यमान विकृतिलाई अन्त्य गर्न सांस्कृतिक पर्वको उपयोग गर्नुपर्छः माधव नेपाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा प्रचलित सबै संस्कृति तथा चाँडपर्वले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्ने विश्वास व्यक्त गरेका छन् । अखिल नेपाल महिला सङ्घ (समाजवादी) ले हरितालिका तीजको सन्दर्भ पारेर आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले विविधताले भरिएको नेपाली सामाजमा विद्यमान विकृतिलाई अन्त्य गर्न सांस्कृतिक पर्वको उपयोग गर्नुपर्ने बताए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले तीजमा प्रयोग हुने गीत, सङ्गीतले महिलाका दुःख पीडा अभिव्यक्त गर्ने गरेको बताउँदै सशक्तीकरणका माध्यमबाट उनीहरुको आर्थिक, सामाजिक रुपान्तरण गर्न अबका गीत सिर्जना गर्नुपर्ने विचार व्यक्त गरे ।
अनेमसङ्घकी अध्यक्ष जयन्ती राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एकता अभियानका संयोजक वामदेव गौतम, एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, राष्ट्रिय जनमोर्चा पार्र्टीका लालबहादुर थापा, नेपाली कांग्रेसकी मैयाँ बस्नेतलगायत नेताले तीज पर्वको अवसरमा सबै महिला समुदायलाई शुभकामना दिँदै आगामी निर्वाचनमा महिलाको सम्मानजनक सहभागिता बढाउनपर्ने बताए । उनीहरूले तीजलाई भड्किलो र खर्चिलो बनाउन नहुनेमा जोड दिए ।







डिसी नेपाल








Facebook Comment