बैकिङ कसूरमा १५ लाख ८० हजार जरिवाना तोकिएर फरार रहेका युवक पक्राउ

डिसी नेपाल
१३ भदौ २०७९ ११:२४
72
Shares

लमजुङ। प्रहरीले बैंकिङ कसूर गरी वैदेशिक रोजगारी गएका एक युवालाई पक्राउ गरेको छ। बेसीसहर नगरपालिका-७ बस्ने २९ वर्षीय नवराज रिमाल पक्राउ परेका हुन्।

विभिन्न बैंकिङ कसूर मुद्दामा लगत कायम भई १७ दिन कैद र १५ लाख ८० हजार भएका रिमाल विदेशबाट आएर लुकिछिपी बस्दै आएको र प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश श्रीमलले बताए।

उनीविरुद्ध उच्च अदालत पाटनबाट पाँचवटा छुट्टाछुट्टै बैंकिङ कसूर मुद्दा दर्ता भई ९ मंसिर २०७६ मंसिरसमेत गरी अन्य विभिन्न मितिमा फैसला भई कैद तथा जरिवाना तोकेको जिप्रका लमजुङका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए।

रिमाललाई जिल्ला अदालत लमजुङबाट शुक्रबारदेखि लागु हुनेगरी कैद भुक्तान र जरिवानाबापतको रकम असुलउपरका लागि कारागार चलान गरिएको जिप्रका लमजुङले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.