आँगनबाट धकेलेर छोराले गरे बुबाको हत्या

डिसी नेपाल
१३ भदौ २०७९ १३:३०
128
Shares

रुपन्देही। आफ्नै बुबा ५१ वर्षीय प्रेम प्रसाद पुनको हत्या गरेको अभियोगमा प्रहरीले उनको छोरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा देवदह नगरपालिका–१० दलदले बस्ने २७ वर्षीय दिपक पुन छन् । उनलाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो।

आपसी झगडामा दिपकले आँगनबाट धकेल्दा प्रेम प्रसादको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.