महाअभियोग सिफारिस समिति बैठक : जबराकाे बयान सुरु
काठमाडौँ। निलिम्बत प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरा डेढ घण्टादेखि महाअभियोग सिफारि समितिका सदस्य कुरेका छन्। समितिले बयानका लागि डाकेपछि सिंहदरवारस्थित महाअभियोग सिफारिस समितिको कार्यालय पुगेका जबरा डेढ घण्टादेखि सांसद कुरेर बसेका हुन्।
बयानका लागि ११ बजे बोलाएका समिति सदस्य सांसदहरु नआउँदा जबरा उनीहरुलाई पर्खेर बस्नुपरेको हो।

गत १ फागुनमा जबराविरुद्ध सत्तारुढ दलका सांसदले महाभियोग प्रस्ताव प्रतिनिधिसभामा दर्ता गरेका छन्। जसअनुसार प्रतिनिधिसभाले गठन गरेको महाअभियोग सिफारिस समितिले बयानका लागि उनलाई बोलाएको हो । तर, समिति सदस्य नै समयमा नआएपछि जबरा कुरेर बस्न बाध्य भएका हुन्। बैठक भर्खरै सुरु भएको छ ।
जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको समितिको बुधबार ढिलोगरी बैठक सुरु भएको हो । साे बैठकमा जबराकाे बयान पनि सुरु भएकाे छ।







डिसी नेपाल








Facebook Comment